• आइतबार, साउन २४ २०८३

गोरखामा एक युवक भरुवा बन्दुकसहित घरैबाट पक्राउ


बिहिबार, फाल्गुन २७ २०७७
755
Shares

गोरखा । जिल्लाको चुमनुब्री गाँउपालिका—३ पाङसिङका एक युवक एकनाले भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यलय गोरखाका डिएसपी प्रकाश दहालका अनुसार पाङसिङकका १९ वर्षीय सन्देश गुरुङलाई उनैको घरबाट पक्राउ गरिएको हो ।

गाँउमा गत मंगलबार बेलुकी बन्दुक पड्किएको खबर पाए पछि सिर्दिबास प्रहरी चौकीको टोलीले खानतलासी गर्ने क्रममा गुरुङको घरमा अवैध रुपमा लुकाएर राखिएको एकनाले भरुवा बन्दुक बरामद गरिएको डिएसपी दहालले बताए ।

बरामद बन्दुकसहित गुरुङलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यलय गोरखा ल्याएको प्रहरीले जनाएको छ ।

गुरुङविरुद्ध हातहतीयार तथा खरखजना सम्बन्धी मुद्धा दर्ता गरी थप अनुसन्धान गर्ने डिएसपी दहालले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार