• बुधबार, असोज १४ २०८३

१६ वर्षमा पहिलोपटक मेस्सी र रोनाल्डो पुग्न सकेनन् क्वार्टर फाइनलमा


बिहिबार, फाल्गुन २७ २०७७
655
Shares


काठमाडौं । यसपटकको यूइएफए च्याम्पियन्स लिगबाट लियोनल मेस्सीको टोली बार्सिलोना र क्रिस्टियानो रोनाल्डोको टोली युभेन्ट्स बाहिरिएको छ।

प्रि–क्वार्टर फाइनल राउन्डबाटै मेस्सी र रोनाल्डोको टोली प्रतियोगिताबाट बाहिरिएका हुन्।

मेस्सीको टोली बार्सा पीएसजीसँग समग्र लेगमा ५–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो भने रोनाल्डोको टोली युभेन्ट्स पोर्टोसँग पराजित भएको हो।

१६ वर्षमा पहिलोपटक मेस्सी र रोनाल्डो आवद्ध टोली च्याम्पियनस लिगको क्वार्टर फाइलनमा पुग्न नसकेका हुन्।

यसअघि लगातार रुपमा मेस्सी आवद्ध टोली नभए रोनाल्डो आवद्ध टोली १६ वर्षयता च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा प्रवेश गरेका थिए।

सो अवधिमा रोनाल्डोले ५ पटक च्याम्पियन्स लिग उपाधि जितेका थिए भने मेस्सीले ४ पटक च्याम्पियन्स लिग जितेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार