• आइतबार, साउन २४ २०८३

गायक दुर्गेशले आफ्नो पारिश्रमिक आगलागी पीडितलाई खर्चिए


बिहिबार, फाल्गुन २७ २०७७
575
Shares

काठमाडौं । गायक दुर्गेश थापा र सम्राट चौलागाईंले आगलागीमा परेका परिवारलाई राहत वितरण गरेका छन्।

बाँकेको नरैनापुरमा भएको आगलागी घटना सुनेपछि आफूहरू यसै बस्न नसकेकाले सक्दो सहयोग गरेको दुर्गेशले फेसबुकमा लेखेका छन्।

फेसबुकमा खाद्यन्य सामग्री ओसारपसार गरेको फोटा सेयर गर्दै उनले लेखेका छन्, ‘अछामको कार्यक्रम सकेर आउने क्रममा बाँकेको नरैनापुरमा भएको २६ घर आगलागी घटना सुनेपछी हामी केही नगरी बस्न सकेनौं। आज नै हामीले आगलागीमा परेका परिवारलाई हाम्रो सामर्थ्यले सक्ने जति सहयोग गरेका छौ। छिट्टै नै सम्पुर्ण परिवारमा पुरानो खुसी फर्कियोस्। सेवा नै धर्म हो।’

टोलीले वडा सदस्यको नेतृत्वमा २६ घर धुरीलाई चामल, दाल, नुन, तेललगायत सामग्री वितरण गरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार