
गोरखा । सामुदायिक रेडियोहरुको छाता संस्था (अकोराब) को महासचिव पदमा गोरखाका पत्रकार किशोरजंग थापा सर्वसम्मत चयन भएका छन् । गत मंगलबारदेखि काठमाण्डौमा सुरु भएको सातौँ अधिवेशनबाट थापा महासचिवमा चयन भएका हुन ।
उनि गोरखा स्थित रेडियो गोरखा ९२.८ मेगाहर्जका स्टेशन मेनेजरका साथै नेपाल पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष समेत हुन ।

त्यस्तै अकोरावको आगगामी कार्यकालका लागि अध्यक्षमा अर्जुन गिरी भारी मतका साथ विजयी भएका छन । गिरी १६१ मतका साथ विजयी भएका हुन । उनका प्रतिद्वन्दी कपिलदेव खनालले १४ मत मात्र प्राप्त गरेका थिए । निर्वाचनमा १ सय ७८ मत खसेको थियो ।
यसअघिका वरिष्ठ उपाध्यक्ष गिरी दाङस्थित रेडियो तुलसीपुरका स्टेशन म्यानेजर हुन । अरु बाँकि सबै पदमा निर्विरोध भएको छ ।

जसमा वरिष्ठ उपाध्यक्षमा बिष्णुदत्त अवस्थी, महिला उपाध्यक्ष बन्दना दनुवार, समावेशी उपाध्यक्षमा भुवन सिंह, निमेष कर्ण र मिलन गाहा, कोषाध्यक्षमा सरोज पौडेल र सचिवमा सुदर्शन खतिवडा निर्विरोध चयन भएका छन् ।
त्यस्तै सातौं अधिवेशनबाट केन्द्रिय सदस्य र प्रदेश कमिटी पनि निर्विरोध चुनिएका छन् ।

