• बुधबार, असोज १४ २०८३

चितुवाको छालासहित दुई जना पक्राउ


बुधबार, फाल्गुन २६ २०७७
640
Shares

काठमाडौं । चितुवाको छालासहित लाजिम्पाटबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले दुई जनालाई काठमाडौं महानगरपालिका—२ लाजिम्पाटबाट एक थान चितुवाको छालासहित मंगलबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बाग्लुङ निसी खोला गाउँपालिका—३ जिवाखोला घर भई मनमैजु बस्ने २२ वर्षीय सन्तोष बुढामगर र मोरङ डाँगिआठ गाउँपालिका—३ माझीगाउँ घर भई लैनचौर बस्ने २८ वर्षीय रञ्जित माझी छन्।

चितुवाको छालाको अवैध बिक्रीवितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरू माथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला वन डिभिजन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार