• बुधबार, असोज १४ २०८३

३४८८ मा पिसिआर गर्दा १०४ लाई कोरोना संक्रमण


बुधबार, फाल्गुन २६ २०७७
785
Shares

काठमाडौं । नेपालमा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३ हजार ४ सय ८८ मा पिसिआर गर्दा १०४ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ९ सय ७३ पुगेको छ।

पछिल्लो २४ घन्टामा ६३ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ५० पुगेको छ।

अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०१२ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार