काठमाडौं । मानव बेचबिखनमा संलग्न भएको आरोपमा प्रहरीले विराटनगरमा दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका—१५ पशुपती टोल बस्ने ३४ वर्षीय काजी तामाङ र वडानम्बर १६ दक्षिण बस्ने प्रेमबहादुर मगर रहेका छन् ।
दुवैजनालाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर नगरपालिका—१६ दक्षिण गेटबाट नियन्त्रणमा लिएको हो ।
सिन्धुपाल्चोकका दुईजना महिलालाई होटेलमा काम लगाइदिने प्रलोभनमा पारी भारतमा बेच्न लैजान लागेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।