• बुधबार, असोज १४ २०८३

सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?


बुधबार, फाल्गुन २६ २०७७
755
Shares

काठमाडौं । स्थानीय बजारमा बुधबार पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ।

तोलामा रु ८५ हजार ६ सयमा मंगलबार कारोबार भएको छापावाला सुन आज भने तोलामा रु ८६ हजार २ सय मूल्य निर्धारण भएको छ।

यस्तै तेजाबी सुन मंगलबार तोलामा रु ६५ हजार १५० मा कारोबार भएकामा आजका लागि भने रु ८५ हजार ७५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी चाँदीको मूल्य पनि आज तोलामा रु १५ ले उकालो लागेको छ। रु एक हजार २५५ मा मंगलबार कारोवार भएको चाँदी आज भने तोलामा रु एक हजार २७० मूल्य निर्धारण भएको छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार