• आइतबार, साउन २४ २०८३

अबैध सालका काठ सहित गोरखामा एक पक्राउ


बुधबार, फाल्गुन २६ २०७७
895
Shares

गोरखा । अबैध सालको काठ ओसारपसारमा संलग्न कन्टेनर सहित चालक पक्राउ परेका छन् । सिन्धुपाल्चोक भोटेकोशि गाउँपालिका ३ दुगुनागढी निवासी २५ वर्षीय सुकमान कामी काठको गोलिया र केही चिरान काठ सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । बिशेष सूचनाको आधारमा जिल्लाको पालुङटार नगरपालिका १ को चिसापानी क्षेत्रबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ना.३ ख ६७८३ नम्बरको ट्रक (कन्टेनर)मा लोड गरिराखिएको अबस्थामा ९ थान सालको गोलिया र चिरान गरिएको २० थान सालको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक प्रकाश दाहालले बताए ।

‘विशेष सूचनाको आधारमा चिसापानी क्षेत्रमा सर्च गर्दा सोमबार कन्टेनर भित्र लुकाई राखेको अवस्थामा उक्त परिणामको सालको काठ फेला परेको हो’ उनले भने ‘मङ्गलबार मुचुल्का तयार पारी काठ ओसारपसारमा प्रयोग भएको सवारी साधन सहित चालकलाई डिभिजन वन कार्यालयलाई बुझाएका छौं ।’

प्रहरीले बुझाएसँगै डिभिजन वन कार्यालयले आवश्यक अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक जानकारी अनुसार गोरखा दरबार पुर्ननिर्माणका लागि ल्याएको काठ हुन सक्ने देखिएको डिभिजन वन अधिकाृत अशोककुमार श्रेष्ठले बताए ।

हालसम्म उक्त काठको कुनै पनि कागजपत्र फेला नपरेको आवश्यक अनुसन्धान भइरहेको वन कार्यालयले बताएको छ । गोरखा दरबार पुर्ननिर्माणका लागि ल्याएको भनिएको काठ पालुङटार क्षेत्रमा भेटिनुलाई धेरेले रहस्यमय भनेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार