• आइतबार, साउन २४ २०८३

‘तिमीसँगै हुने मन छ’मा जोडिए नाजिर


मंगलबार, फाल्गुन २५ २०७७
3K
Shares

काठमाडौं । निर्देशक दिवाकर भट्टराइले निर्देशन गर्न लागेको चलचित्र ‘तिमीसँगै हुने मन छ’मा नायक नाजिर हुसेन पनि जोडिएका छन् ।

नाजिरलाई केही दिन अगाडि मात्र निर्माणपक्षले अनुवन्धित गरेको हो । यो चलचित्रमा मुम्बइका रोहित सुचान्ती र नायिका दीपिका प्रसाइले काम गर्ने पक्का भैसकेको छ ।

यसअघि यो चलचित्रका लागि नायक पल शाह र निराजन प्रधानको नाम चर्चामा थियो । तर, अब भने यी दुबै कलाकार यो चलचित्रमा नहुने पक्का भएको छ ।

नायक नाजिर हुसेन लकडाउनपछि म्यूजिक भिडियोमा व्यस्त छन् । म्यूजिक भिडियोमा चलिरहेका नाजिरले केही महिना अगाडि चलचित्र ‘चिलगाडी’ साइन गरेका थिए ।

ओम नम शिवाय प्रोडक्शनको ब्यानरमा निर्माण हुने चलचित्रमा भारतीय प्राविधिकहरुले पनि काम गर्नेछन् । चलचित्रमा नाजिर अनुवन्धित भएसँगै कलाकारको मुख्य लाइनअप पूर्ण भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार