• आइतबार, साउन २४ २०८३

महिला हिंशा र बलात्कारका घटना बढेकाे भन्दै सराेकारवालाकाे चिन्ता


मंगलबार, फाल्गुन २५ २०७७
770
Shares

गोरखा । १११ औं अन्तराष्ट्रिय नारी दिवशका अवसरमा गोरखामा महिला हिंशाविरुद्ध सचेतना ¥याली सहित अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । शुभारम्भ महिला समुहकी अध्यक्ष मिना काप्रीको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका उपप्रमुख विना कुमारी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

पछिल्लो समय बढ्दै गएको महिला हिंशा र बालिका बलात्कारका घटना न्यूनिकरणका लागि भन्दै संस्थाले वडाभरी सचेतनामूलक ¥याली समेत आयोजना गरेको छ । गोरखा नगरपालिका ९ भरी रहेका बिभिन्न २२ वटा टोल विकास संस्थाहरुको समन्वयमा सचेतनामूलक ¥याली प्रदर्शन गरिएको हो ।

महिला सुरक्षा कायम गरौं, समान अधिकार कायम गरौं, महिला हक र अधिकार समृद्ध नेपालको आधार, नारी सुरक्षा माथीको राजनीति अन्त्य गरौ, महिला हिंशा अन्त्य गरौ लगायतका नारा लेखिएको प्लेककार्ड तथा ब्यानरसहित वडा नम्बर ९ र १० को सिमाना टक्सारबाट सुरु भएको ¥याली पिपलबोट, लक्ष्मीबजार, दलभञ्ज्याङ हुदै ठिगुरेश्वाँराको गोरखकाली प्राविमा पुगेर अन्तरकृया कार्यक्रममा परिणत भएको थियो ।

¥यालीमा झण्डै ५ सय महिलाहरु सभागिता रहेको थियो भने महिलाहरुले नै पञ्चेबाजा समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गोरखा नगरपालिकाका उपप्रमुख श्रेष्ठले महिलालाई सवल र सक्षम बनाउनु आजको आवस्यकता रहेको बताइन । महिलाहरु घरभित्रै सिमित बन्न नहुने बताउदै उनले समाज सुधार्न प्रवृत्ति र सोच सुधार गर्नु पर्नेमा जोड दिइन ।

पछिल्लो समय महिला हिंशा र बलात्कारका घटना बढ्दै गएकोप्रति चिन्ता ब्यक्त गर्दै उनले त्यस्ता घटना न्यूनिकरणका लागि कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताइन । त्यस्तै कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले पछिल्लो समय विद्यालयमै बालिकाहरु सुरक्षित नभएको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।

वडा नम्बर ९ को कार्यालय र सोच नेपालको सहकार्यमा भएको कार्यक्रममा वडाध्यक्ष कुल बहादुर कुवँर, महालक्ष्मी माविका अध्यक्ष शिव केसी, प्रअ चुडामणी माप्री, गोरखकाली प्राविका प्रअ रमेश पोखरेल, टोल विकास संस्थाहरुबाट हेमा बस्नेत, ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालयकी ब्रह्मकुमारी पवित्रा लगायतले महिला हिंशा, अवस्था र न्यूनिकरण सम्बन्धि प्रशिक्षणमूलक मन्तब्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार