• बुधबार, असोज १४ २०८३

पशुपतिनाथ मन्दिरमा एक वर्षपछि विशेष पूजा सुरु


मंगलबार, फाल्गुन २५ २०७७
1.3K
Shares


काठमाडौं । फाल्गुन कृष्ण त्रयोदशीका दिन पर्ने महाशिवरात्रि यस वर्ष फागुन २७ गते बिहीबार परेको छ।

यसैबीच कोरोना महामारीका कारण गत वर्ष चैतदेखि रोकिएको विशेष पूजा पनि महाशिवरात्रिका अवसरमा आजैदेखि सुरु भएको छ।

स्वास्थ्य सुरक्षाका विधि अपनाएर एक हजार १०० देखि २७ हजार रुपैयाँसम्मका विशेष पूजा आजदेखि सुरु गरिएको कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए।

महाशिवरात्रिका दिन भने पशुपतिनाथ मन्दिरमा पाँच हजार ५०० रुपैयाँ र ११ हजार गरी दुई किसिमका विशेष पूजामात्र गरिने पनि उनले बताए।

पाँच हजार ५०० रुपैयाँ पूजा गर्ने दुईजना कर्ता र ११ हजार रुपैयाँ रसिद काटेर विशेष पूजा गर्ने चारजना कर्तालाई पशुपतिनाथ मन्दिरमा दर्शनको व्यवस्था मिलाइएको छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार