• बुधबार, असोज १४ २०८३

टुँडिखेलबाहिर ल्यान्ड भए नेपाली सेनाका ६ प्याराट्रुपर


मंगलबार, फाल्गुन २५ २०७७
665
Shares

काठमाडौं । नेपाली सेनाको जहाजबाट प्यारासुटसहित झरेका ६ जना सेनाले टुँडिखेल बाहिर ल्यान्ड गरेका छन्।

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलका अनुसार मंगलबार बिहान शिवरात्रीका लागि रिहर्सल गरिरहेका १४ जनामध्ये ६ जना प्याराट्रुपर टुँडिखेलभन्दा बाहिर अवतरण भएका हुन्।

वायुमण्डलमा हावाको गति नमिलेकाले उनीहरू निर्धारित ठाउँभन्दा बाहिर ल्यान्ड भएको पौडेलले जानकारी दिए।

उनीहरूको सामान्य स्वास्थ्य जाँच पनि गरिएको छ। उनीहरू सबैको अवस्था ठिक रहेको प्रवक्ता पौडेलले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार