• बुधबार, असोज १४ २०८३

कर्णाली नदीमा बेपत्ता ५ मध्ये चार जनाको शव फेला


मंगलबार, फाल्गुन २५ २०७७
830
Shares

काठमाडौं । कर्णाली नदीमा सोमबारदेखि बेपत्ता भएका ५ जना मध्ये चार जनाको शव फेला परेको छ।

एकै परिवारका पाँचजना बेपत्ता भएकोमा ४ जनाको शव फेला परिसकेको दैलेखका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजेश साहुले जानकारी दिए।

उनका अनुसार मंगलबार दैलेखको आठबीस नगरपालिका ३ की ३५ वर्षीया सुकी बडुवाल र उनका १० वर्षीय छोरा ललितको शव भेटिएको हो।

सोमबार दिउँसो सुकी तीन छोरी र एक छोरासहित कर्णालीमा बेपत्ता भएकी थिइन्। दुई छोरी १६ वर्षीया कल्पना र १२ वर्षीया सरिताको शव सोमबार साँझ फेला परेको थियो। ५ वर्षीया छोरी रजनी अझै बेपत्ता छन्।

उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। सुकीका श्रीमान मानसिंह बडुवाललाई नियन्त्रणमा लिएर प्रहरीले सोधिखोजी गरिरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार