• मंगलबार, साउन १२ २०८३

गोरखाका ८ हजार ज्येष्ठ नागरिकले लगाए कोरोना खोप


मंगलबार, फाल्गुन २५ २०७७
580
Shares

गोरखा । आइतबारदेखी सुरु भएको दोस्रो चरणको कोरोना खोप अभियान अन्र्तगत गोरखामा करिब आठ हजार ज्येष्ठ नागरीकले कोरोना भाइरसविरुद्धको ‘कोभिसिल्ड’ खोप लगाएका छन् ।

जिल्ला भित्रका ६ वटा पालिकामा गरी ७ हजार ९ सय ४९ जनाले कोभिसिल्ड खोप लगाएका हुन् ।

गोरखा र पालुङटार नगरपालिकासहित शहिद लखन, गण्डकी, आजिरकोट र सिरानचोक गाँउपालिका ज्येष्ठ नागरीकले खोप लगाएको स्वस्थ्य कार्यलयका कोल्डचेन निरीक्षक श्रmषिराम खत्रीले जानकारी दिए ।

दोस्रो चरणको अभियान अन्तरगत पहिलो चरणमा ६५ बर्षमाथीका बृद्धबृद्धालाई खोप लगाएको हो ।

आज सम्म सञ्चालन हुने यो अभियानमा ६ वटा पालिकाका १० हजार ३ सय ५४ ज्येष्ठ नागरीकलाई खोप लगाइने लक्ष्य रहेको कोल्डचेन निरीक्षक खत्रीले बताए ।

६ वटा पालिका भित्र खोप लगाउनका लागी ५६ वटा खोप केन्द्र तोकिएको छ । यस अभियानमा ४ सय ६२ स्वायंसेवक परिचालन गरिएको स्वास्थ्य कार्यलय गोरखाले जनाएको छ ।

यसै अभियानको दोस्रो चरणमा ५५ देखि ६५ बर्षका ब्यक्तिका साथै विद्यालयका शिक्षक, यातायात मजदुर लगायतलाई प्राथमिकतामा राखेर खोप दिइने योजनामा रहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार