• बुधबार, असोज १४ २०८३

धार्चे, अजिरकोट र सिरानचोकमा नारी दिवश मनाइयो


मंगलबार, फाल्गुन २५ २०७७
745
Shares


गोरखा । धार्चे गाउँपालिकाले विभिन्न कार्यक्रम गरी अन्र्तराष्ट्रिय नारी दिवश मनाएको छ । ७ वटै वडाबाट आएका महिलाहरुले सोमबार विहान गाउँपालिकाको केन्द्र माछाखोला ¥याली निकालेका थिए ।

महिला हकहित र समानताका पक्षमा नाराबाजी गर्दै बजारपरिक्रमा पछि उक्त ¥याली कार्यक्रममा परिणत भएको थियो ।

गाउँपालिका उपाध्यक्ष फुलमायाँ गुरुङको अध्यक्षता तथा अध्यक्ष सन्तोष गुरुङको प्रमुख आथित्यतामा भएको कार्यक्रममा पद्धती बिकास सेवाकेन्द्र कार्यकारी निर्देशक कमला लामिछाने, धार्चेको बालबालिका सद्भावना दुत एजिला गुरुङ, सहभागी निरा गुरुङ लगायत मन्तव्य राखेका थिए ।

No description available.

सोही अबसरमा धार्चे गाउँपालिकाको विभिन्न महिला तथा आमा समूहमा क्रियाशिल महिलाहरुलाई एक दिन अभिव्यक्ति कला सम्बन्धी प्रशिक्षण समेत दिइएको थियो ।

यसैगरी अजिरकोट गाउँपालिकामा पनि १११ औं नारी दिवश मनाइएको छ ।

उपाध्यक्ष चन्द्रमायाँ गुरुङ्गको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष फणिन्द्र धितालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, प्रमुख प्रशासकीय लोकेन्द्र ज्ञावाली, वडा अध्यक्ष तयाराज गुरुङ, कायपालिका सदस्य सरस्वती धिताल, गोपीमायाँ गुरुङ, अन्र्तपार्टी महिला सञ्जालकी उपाध्यक्ष गिता रेग्मी, लक्ष्मी बिक, रमिता भट्टराई लगायतले मन्तव्य राखेका थिए ।

सो अबसरमा पाँच वडाका ११ समूहले दोहोरी गित प्रस्तुत गरेका थिए । कार्यक्रमको अबसरमा ५ उद्यमी, ५ महिला स्वमसेविका, ५ शिक्षिक ३ जना व्यापारी व्यवसायी महिलालाई सम्मान गरिएको थियो ।

सिरानचोक गाउँपालिका गाँखुमा पनि कार्यक्रम भएको छ । कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष रीता देवकोटा, वडा अध्यक्ष नारायण दानी लगायत मन्तव्य राखेका थिए ।

दिवसको अवसरमा वडा नम्बर १ केरावारीमा महिलाको सुरक्षा सम्मान र रोजगार, समृद्ध नेपालको आधार विषयक वकतृत्वकला प्रतियोगिता गरेको छ ।

जसमा शिवशक्ति महिला समहकी रुकमाया रेग्मी पहिलो हिमचुली महिला समूहकी अनिता ढकाल दोश्रो, सप्तकन्या महिला समूहकी अनिसा गूरुङ्ग तेश्रो र सन्तोषि महिला समूहकी कालिमाया गूरुङ सान्त्वना भएकी छिन् ।

प्रतियोगीतामा पहिलो, दोश्रो, तेश्रो र चौथो हुनेलाई प्रमाणपत्र वितरण गरिएको सामाजिक परिचालक निर्मला रेग्मीले जानकारी दिइन ।

जनजागृति केरावारी वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको वक्तृत्वकलामा वडा भित्रका ९ टिमको सहभागिता रहेको रेग्मीले बताइन ।

No description available.

संस्थाकी अध्यक्ष विमला गुरुङ्गको अध्यक्षता तथा वडाध्यक्ष सुकमान गुरुङ्गको प्रमख आतिथ्यतामा भएको प्रतियोगितामा नेकपा अध्यक्ष उत्तम गुरुङ्ग, पुर्णिमाया तामाङ्ग, दिलमाया सार्की लगायतले मन्तव्य राखेका थिए ।

साथै कार्यक्रमको अवसरमा आस्मा गुरुङ्ग, मिलन तामाङ्गले कविता र रेश्मा गुरुङ्ग, अनिता सुनार, सुमि गुरुङ्ग लगायतले नृत्य प्रस्तुत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार