• आइतबार, साउन २४ २०८३

सुनको मूल्य प्रतितोला ६ सयले घट्यो


मंगलबार, फाल्गुन २५ २०७७
675
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ ।

सोमबार प्रतितोला एक सय रुपैयाँले बढेर कारोबार भएको छापावाल सुनको भाउ मंगलबार ६ सयले आरोलो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि महासंघले छापावाल सुनको प्रतितोला मूल्य ८५ हजार ६ सय रुपैयाँ तोकेको छ ।

तेजावी सुनको कारोबार मूल्य ८५ हजार १५० रुपैयाँ छ भने चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा झरेको छ ।

सोमबार चाँदीको प्रतितोला कारोबार मूल्य १२ सय ६५ रुपैयाँ थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार