
गोरखा । गोरखामा ४ दिने फुटबल मेला सुरु भएको छ । गोरखा नगरपालिका ९ को दलभञ्ज्याङ स्थित द ओसन क्लबले मेलाको आयोजना गरेको हो ।

मेलाको उद्घाटन गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले गरे । मेला अन्तरगत १३ बर्षमूनीका खेलाडीको फुटबल र भेट्रान्स अर्थात ३० बर्षमाथी गरी दुई किसिमका खेल सुरु भएको छ ।
१३ बर्षमूनीको १३ र भेट्रान्समा १२ टिमको सहभागिता रहेको प्रतियोगिताको पहिलो दिन ५ खेल सम्पन्न भएको क्लबका अध्यक्ष अमित खत्रीले बताए । जसमा १३ बर्षमूनी अन्तरगत भएको पहिलो खेलमा महालक्ष्मी मावि लक्ष्मी बजारलाई अलस्टर क्लब तनहुँले १ का बिरुद्ध ४ गोलअन्तरले हराएको छ ।

दोस्रो खेलमा सरस्वती मावि फिनामले पृथ्वी युवा क्लब आहालेलाई २–१ ले हरायो भने अर्को खेलमा हरमटारी क्लब स्वत विजयी बनेको छ । साइनिङ स्टर पोखरीथोकले १३ बर्ष माथीका खेलाडी खेलाउन लागेपछि आयोजकले हरमटारीलाई स्वत विजयी घोषणा गरेको थियो ।


त्यस्तै भेट्रान्स प्रतियोगिता अन्तरगत धारापानी क्लब गोरखालाई तनहुँको दमौली भेट्रान्सले ७–१ गोलले पराजित ग¥यो ।
त्यस्तै पहिलो दिनको अन्तिम खेलमा आयोजक द ओसन क्लबलाई २–१ गोलले हराउदै गोरखा नगरपालिकाको कार्यालय विजयी बनेको अध्यक्ष खत्रीले बताए । प्रतियोगिता अन्त्रगत आज सात खेल हुने बताइएको छ ।
