• आइतबार, साउन २४ २०८३

नारी दिवशमा गोरखाका महिला उद्यमीलाई सम्मान


मंगलबार, फाल्गुन २५ २०७७
885
Shares

Gorkha Municipality

मेलिना बराम, गोरखा । १११ औं अन्तराष्ट्रिय नारी दिवशका अवसरमा गोरखा नगरपालिकाले १४ जना महिला उद्यमीलाई सम्मान गरेको छ । बिभिन्न उद्योग, ब्यवसायको नेतृत्व लिदै आएका १४ जना महिलालाई नगरपालिकाले दिवशका अवसरमा सम्मान गरेको हो ।

उनिहरुलाई सोमबार एक कार्यक्रममा बिच नगरप्रमुख राजनराज पन्त र उपप्रमुख विना कुमारी श्रेष्ठले नगद ५ हजारसहित दोसल्ला र कदरपत्रले सम्मान गरेका ुहन । सम्मानित हुनेमा वडा नम्बर १ मा अमलेश्वाँरा कृषि तथा पशुपंक्षी फर्मकी सञ्चालक मुमदा विवि, वडा नम्बर २ की होम सिलाई कटाईकी सञ्चालक कमला श्रेष्ठ, देवी महिला समुह वंगुर फर्मकी तारा विक, वडा नम्बर ४ बाट नमुना कृषि तथा पशुपंक्षी फर्मकी सञ्चालक सर्मिला उपरकोटी रहेका छन् ।

त्यस्तै वडा नम्बर ५ को सानीमाया सताके च्याउ उत्पादन केन्द्रकी सञ्चालक सानुमाया थापामगर, ५ कै पुष्पा ढाका कपडा उद्योगकी सञ्चालक गंगा थापामगर, ६ को अनिष सुज सेन्टरकी मनिषा परियार, ६ कै कालिका नर्सरी फर्मकी सञ्चालक पुष्पा श्रेष्ठ, वडा नम्बर ८ मा रहेको गोरखकाली हस्तकला उद्योगकी सञ्चालक रिता रेग्मी अर्याल, वडा नम्बर ११ को लोकल हार्भेस्टकी सञ्चालक सपना पुनलाई सम्मान गरिएको सामाजिक विकास शाखा प्रमुख विजयभक्त उपाध्यायले जानकारी दिए ।

यसैगरी सम्मानित हुनेमा वडा नम्बर १२ को माया टेलर्सकी सविता राना, १३ को दर्लामी पशुपंक्षी मत्स्यपालन तथा कृषि फर्मकी सञ्चालक बालकुमारी थापा र वडा नम्बर १४ को गोप्लिङ कृषि सहकारीकी सञ्चालक अम्बिका महतलाई सम्मान गरिएको उनले बताए । ब्यवसायिक रुपमा फर्म दर्ता गरी विभिन्न क्षेत्रमा कृयाशिल महिलालाई थप प्रेरणा दिन सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पन्तले उद्यमशिलता र ब्यवसायमा लागेका महिलाको साथमा नगरपालिका रहेको र आगामी दिनमा जस्तो सुकै सहयोग गर्न तत्पर रहेको बताए । महिलाको सिप विकास गर्दै ब्यवसायिक रुपमा अघि बढाउन र आर्थिक रुपमा सक्षम बनाउन नगरपालिकाले बिभिन्न कार्यक्रम अघि सारेको बताउदै पन्तले उद्यमशिलतामा लाग्ने हरेकलाई सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै उपप्रमुख श्रेष्ठले महिलालाई सवल र सक्षम बनाउनु आजको आवस्यकता रहेको बताइन । महिलाहरु घरभित्रै सिमित बन्न नहुने बताउदै उनले समाज सुधार्न प्रवृत्ति र सोच सुधार गर्नु पर्नेमा जोड दिइन । पछिल्लो समय महिला हिंशा र बलात्कारका घटना बढ्दै गएकोप्रति चिन्ता ब्यक्त गर्दै उनले त्यस्ता घटना न्यूनिकरणका लागि कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताइन ।

दिवशकै अवसरमा गोरखा नगरपालिकाले आयोजना गरेको ‘महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार’ बिषयक विद्यालय स्तरिय वतृत्वकला प्रतियोगितामा शक्ति माविकी जनिशा अम्गाई पूथम भएकी छिन् ।

त्यस्तै महेन्द्र माविकी गिता सिर्मल द्धितिय, सरस्वती माविकी सिमा श्रेष्ठ तृतिय र विन्दबासिनी माविकी सुमना कोइराला सान्त्वना भएकी छिन् । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेलाई क्रमश ५ हजार, ३ हजार, २ हजार र १ हजार नगदसहित प्रमाणपत्रले प्रदान गरिएको कार्यालयकी शोभा दवाडीले बताइन ।

दिवशकै अवसरमा गोरखा नगरपालिका वडा नम्बर ९ स्थित शुभारम्भ महिला समुह र गोखरकाली बचत तथा ऋण सहकारी संस्थाले ठिगुरेश्वाँरामा महिला हिंशा र अधिकारका बारे अन्तरकृया कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमअघि बिभिन्न महिला समुह र टोल विकास संस्थाहरुको सकृयतामा महिला अधिकारका बारे बिभिन्न प्लेकार्ड र ब्यानरसहित बिरेञ्चोकबाट ¥याली समेत आयोजना गरिएको थियो । सोच नेपालको सहकार्यमा भएको कार्यक्रममा गोरखा नगरपालिकाका उपप्रमुख विना कुमारी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार