• आइतबार, साउन २४ २०८३

ग्लोबल गोरखा समाज महिला विभागले मनायो नारी दिवश


मंगलबार, फाल्गुन २५ २०७७
810
Shares

जापान । विश्वभर छरिएर रहेका गोरखालीहरुको छाता संस्था ग्लोबल गोरखा समाज ‘महिला विभाग’ को आयोजनामा भर्चुअल माध्यम मार्फत १११ औ अन्तराष्ट्रिय नारी दिवस कार्यक्रम मनाइएको छ ।

This image has an empty alt attribute; its file name is cafe-de-chautari.gif

समाजकी सचिव तथा महिला विभाग संयोजक शकुन्तला गुरुङको सभापतित्वमा भएको कार्यक्रममा पुर्व मन्त्रि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय कमला पन्तको प्रमुख अतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य,गण्डकी प्रदेशका साँसद्धय मनकुमारी गुरुङ, धनमाया लामा, महिला सशक्तिकरण तथा परिवर्तनशील संस्थाकी अध्यक्ष संगिता भट्टराई, आफन्त नेपालका निर्देशक ईन्द्रराज भट्टराई, चेली नेपालकी अध्यक्ष सुनिता शर्मा र जिल्ला समन्वय समिति गोरखाकी ऊप–प्रमुख जानुका अधिकारी, गोरखा नगरपालिका ऊप–प्रमुख बिना कुमारी श्रेष्ठ, पालुङगटार नगरपालिका ऊप–प्रमुख पम्फा बसेल, गण्डकी गाँऊपालिका ऊपाध्यक्ष ललिता अधिकारी, भिमसेन थापा गाँऊपालिका ऊपाध्यक्ष विनु वाग्ले, सिता अर्याल लगायतको सहभागिता रहेको बताइएको छ ।

This image has an empty alt attribute; its file name is ma-manakamana-motors-parts.gif

समाजका सदस्य समेत रहेकी कमला लम्साल काप्रीद्धारा सहजीकरण गरिएको कार्यक्रममा प्रमुख अतिथि पन्तले शुरुवातीका दिन देखि आज सम्म महिला अधिकारका लागी अग्रजहरुले खेल्नु भएको भुमिका सहित आफु नेपाली राजनितिमा रहेर महिलाहरुको प्रतिनिधित्व गर्दै अग्रणी भुमीका मा रहेर गरेका महिला हक,अधिकार र कामका बारेमा सहभागीलाई जानकारी गराएकी थिइन ।

त्यस्तै गण्डकी प्रदेश सभा सदस्य समेत रहेकी साँसद गुरुङले वर्तमान परिपेक्षमा आफ्नो भुमिका र महिला हक,अधिकार र स्थानिय निकायमा भई रहेका महिला हिंसाको अवस्थाका बारे प्रष्ट पारेकी थिइन ।

This image has an empty alt attribute; its file name is Namaste-Mobile.gif

समाजकी सल्लाहकार समेत रहेकी तिल कुमारी गुरुङ लगायत समाजकी ऊपाध्यक्ष द्वय जानुका रेग्मी खनाल र रश्मी थापाले बार्यक्रममा मन्तब्य राखेकी थिइन ।
कार्यक्रममा समाजका अध्यक्ष विनय अधिकारी, उपाध्यक्ष गोकर्ण प्रसाद ढकाल, कोषाध्यक्ष आकाश बन्जारा लगायतको समेत सहभागिता रहेको थियो ।

कार्यक्रमकै अवसरमा समाजले गण्डकी गाँऊपालिका साबिकको ताङगलिचोक गाबिसका विपन्न परिवारका ३५ घर चेपाङग परिवार लाई आवश्यक लत्ताकपडा र खाधान्न छिट्टै सहयोग गर्ने घोषणा समेत गरेको संस्थाका सचिव विराट खनालले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार