
पालुङटार । १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पालुङटारमा ‘म नारी’ नामक चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
पालुङटार नगरपालिकाको आयोजना तथा बौद्ध हिमाल युवा क्लबको सह–आयोजनामा भएको कार्यक्रममा नगरक्षेत्रका आमा समूह, युवा क्लब लगायतका सामाजिक संस्थाहरुको उल्लेखनीय सहभागिता थियो ।

कार्यक्रमा यत्रतत्र छारीएका सहभागीहरुलाई ‘कासमत फ्ल्यासमोब’ले केन्दिकृत गरेको थियो । ‘फ्ल्यासमोव’मा नाच्दै गरेकी युवतीलाई तेजाब प्रहार गरेपछि नाटकमा परिणत भएको कार्यक्रममा जीवन्त अभिनय गरेर भवानी माविका विद्यार्थीहरुले हाम्रो समाजमा विद्यमान आपराधिक क्रियाकलाप, महिला हिंसा, लैंगिक असमानता जस्ता विषयमा नाटक मार्फत चेतना दिइएको थियो ।


भवानी माविको प्रस्तुती पछि औपचारिक रुपमा परिणत भएको कार्यक्रमको सभापतित्व पालुङटार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम काराखेतीले गरेका थिए भने नगर उपप्रमुख पम्फा बसेल प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सम्पूर्ण विद्यालय र आमा समूहले आफ्नो प्रस्तुति समेत देखाएका थिए । साथै कार्यक्रममा ‘बलत्कारी होस् त’ नामक गीतमा सांकेतिक प्रस्तुति समेत गरिएको थियो ।
दिवशमा अवसरमा अघिल्लो वर्षहरुमा गरिदै आएको कार्यक्रम भन्दा पृथक रुपमा यो बर्ष कार्यक्रम आयोजना गरिएको कार्यक्रमका सहजकर्ता समेत रहेका बौद्ध हिमाल युवा क्लबका अध्यक्ष किरण गिरीले बताए ।

कार्यक्रममा प्रस्तुत भएका सडक नाटक, गीत, कविता, नृत्य लगायतका गतिविधीले आउने दिनमा महिला हिंसा न्यूनकरणमा अतुलनीय भूमिका खेल्ने नगर उपप्रमुख बसेलले बताइन ।
कार्यक्रममा पालुङटार नगरपालिकाको कानूनी सल्लाहकार दीपककुमार श्रेष्ठ, भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक ओजराज गिरी, आमा तथा महिला समूहको तर्फबाट निर्मला मल्ल लगायतले मन्तव्य राखेका थिए ।



