गोरखा । एक सय ११ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गोरखा सदरमुकाममा महिला खुल्ला दौड प्रतियोगिता आयोजना गरिएको छ ।

सोमबार भएको महिला खुल्ला दौड प्रतियोगिताको उपाधि पवित्रा वयलकोटीले जितेकी छन् ।उनले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा सात हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् ।

प्रतियोगितामा रिपु मर्दन गण गोरखामा कार्यरत नेपाली सेनाकी जैसरा राई दोस्रो र रेनुका राई तेस्रो भए । प्रतियोगितामा दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले ३ हजार रुपैयाँ नगद पुरस्कारको साथै मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा २३ जना सहभागी थिए ।

गोरखा सदरमुकामको हरमटारीको रंगशालाबाट सुरु भएको दौड बसपार्क, ठूलोआँगन, पाटेचौर, अस्पताल मार्ग हुँदै पुनः रंगशालामा आएर टुंगिएको क्लबका अध्यक्ष चिजकुमार श्रेष्ठले बताए ।


एक कार्यक्रमका बिच प्रमुख अतिथि गोरखा नगरपालिकाकाी उप प्रमुख विना कुमारी श्रेष्ठले विजेताहरुलाई पुरस्कार वितरण गर्नु भएको हो ।
