काठमाडौं । स्मार्टफोन ब्राण्ड सामसङले ए सिरिज अन्तर्गत ग्यालेक्सी ए१२ नेपाली बजारमा ल्याएको छ ।
४८ मेगापिक्सेल क्वाड क्यामेर ६.५ इन्चको एचडी इन्फिनिटी डिस्प्ले, ५ हजार एम्पियर ब्याट्रीलगायतका विशेषता फोनमा रहेका छन् ।
कालो, नीलो तथा रातो रंगहरुमा उपलब्ध फोनको मूल्य ४जीबी र्याम र ६४ जीबीको मूल्य १८,९९९ तथा ४ जीबी र्याम र १२८ जिबीको मूल्य १९,९९९ तोकिएको छ ।