• आइतबार, साउन २४ २०८३

श्रीमानलाई बोकेर दौड प्रतियोगिता


सोमबार, फाल्गुन २४ २०७७
890
Shares

तनहुँ । तनहुँको देवघाट गाउँपालिकामा १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जोडी दौड प्रतियोगिता आयोजना गरिएको छ ।

श्रीमतीले श्रीमानलाई बोकेर दौडिने गरी प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए ।

प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी पहिलो, गंगा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो तथा सीता लामिछाने क्षेत्री र बमबहादुर थापा क्षेत्रीको जोडी तृतीय भएको गाउँपालकिाकी उपाध्यक्ष विमला थापाले जानकारी दिइन् । उनका अनुसार प्रतियोगितामा १४ जोडी सहभागी थिए ।

सुन्दा प्रतियोगिता नौलो खालको लागेपनि शारीरिक र मानसिक रुपमा महिला पनि पुरुषसरह हुन्छन् भन्ने सन्देश दिनका लागि यस्तो खालको प्रतियोगिताको आयोजना गरिएको उपाध्यक्ष थापाले बताइन् ।

थापाका अनुसार प्रतियोगिताका विजेतालाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार