• आइतबार, साउन २४ २०८३

डिभोर्स गर्दा ४१ खर्ब पाएकी महिलाले गरिन् दोस्रो विवाह


सोमबार, फाल्गुन २४ २०७७
705
Shares

काठमाडौं । संसारका सर्वाधिक धनाढ्य जेफ बेजोसकी पूर्व श्रीमती म्याकेन्जी स्कटले एक हाइस्कूल साइन्स टिचर डेन ज्यूवेटसँग विवाह रचाएपछि चर्चामा छिन् ।

जेफ बेजोससँग डिभोर्स पछि म्याकेन्जीले ३५.६ बिलियन डलर (४१ खर्ब रुपैयाँ) को सेयर पाएकी थिइन् ।

उनले दोस्रो विवाह गरेको खबर उनका नयाँ श्रीमानले पुष्टि गरेका हुन् ।

स्कटको अमेजन बायोग्राफी पनि अपडेट गरिएको छ । यसमा लेखिएको छ, ‘उनी सिएटलमा आफ्ना चार सन्तान र श्रीमान् डेनसँग बस्छिन् ।’

द वाल स्ट्रिट जर्नलले पनि यी दुईले विवाह गरेको समाचार प्रकाशित गरेको छ ।

सन् २०२१ मा आइपुग्दा उनको कूल सम्पत्ति ५० अर्ब अमेरिकी डलर्सभन्दा पनि बढी भइसकेको छ र उनी संसारकी तेस्रो सर्वाधिक धनी महिला हुन् ।एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार