• आइतबार, साउन २४ २०८३

गोरखाका दुई युवा पेस्तोलसहित पक्राउ


सोमबार, फाल्गुन २४ २०७७
1.1K
Shares

Modern metal handcuffs. Vector illustration in flat style
This image has an empty alt attribute; its file name is cafe-de-chautari.gif

गोरखा । गोरखाका दुई जना युवालाई नवलपुरको कावासोतीबाट पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ ।

This image has an empty alt attribute; its file name is ma-manakamana-motors-parts.gif

पूर्वी पश्चिम राजमार्ग अन्तर्गत कावासोती १६ चालिसकिलोमा सवारी जाँच गर्ने क्रममा ना ५ ख ६५६३ नम्बरको बसमा सवार गोरखाका दुई जना युवालाई हिजो पक्राउ गरेको हो ।

This image has an empty alt attribute; its file name is Namaste-Mobile.gif

पक्राउ पर्नेमा चुमनुम्ब्री गाउँपालिका १८ वर्षीय दयाराम कार्की र गोविन्द गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी दिलिपकुमार गिरीले बताए ।

युवाहरुले पेस्तोल कहाँबाट ल्याएको र के प्रयोजनका लागि ल्याएका थिए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार