• सोमबार, कार्तिक २४ २०८३

प्रतिभा र आयुषको ‘निर्दोष माया’ (भिडियोसहित)


सोमबार, फाल्गुन २४ २०७७
925
Shares

काठमाडौं । गायक आयुष खतिवडाको रक भर्सनमा आधारित गीत ‘निर्दोष माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ।यस गीतमा शब्द गायक खतिवडाका बुवा विकल खतिवडाको रहेको छ। गीतमा स्वयम् गायक खतिवडाको संगीत र संयोजन रहेको छ।

म्युजिक भिडियोमा गायक आयुष खतिवडा र प्रतिभा कटुवाल बिचको स्कुले प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ। ज्याज प्रडक्शनले निर्माण गरेको यस भिडियोमा श्रीजन प्रजापतिको छायांकन रहेको छ। भिडियोमा अनिल न्यौपाने क्रियटिभ सुपरभाइजर रहेका छन्।

पुनम शाक्य निर्मात्री रहेको यस भिडियोलाई अमन महर्जनको सम्पादन र निर्देशनमा तयार पारिएको हो। गायक खतिवडाको आधिकारिक च्यानल आयुष खतिवडा मार्फत भिडियो सार्वजनिक भएको हो।

https://youtu.be/Nu4_B9odmlc

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार