• आइतबार, साउन २४ २०८३

आजको मौसम पूर्वानुमान : पहाडी भू—भागहरुमा हल्का वर्षाको सम्भावना


सोमबार, फाल्गुन २४ २०७७
815
Shares

काठमाडौं । बागमती प्रदेशमा मध्याह्नपछि हल्का वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा पनि मध्याह्नपछि बादल लाग्ने र हल्का वर्षा हुने सम्भावना छ ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । सुदूरपश्चिम प्रदेशका साथै देशका पश्चिमी पहाडी भू—भागहरूमा पूर्ण बदली रही अन्य पहाडी क्षेत्रमा सामान्य बदली छ । देशका बाँकी भू—भागहरूमा आंशिक बदली छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुका पहाडी भू—भागहरु तथा वागमती र प्रदेश १ का एक वा दुई स्थानहरुमा मेघ गर्जनरचट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ । देशको केही उच्च पहाडी तथा हिमाली भू—भागहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अहिले प्रिमनसुन अवधिमा अपराह्नपछि बादल लाग्ने, चट्याङ् पर्ने र पानी पर्ने गर्दछ । मार्च, मे र जुन महिनालाई प्रिमनसुनको समय अवधि मानिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार