• आइतबार, साउन २४ २०८३

स्थानीय तह र प्रदेशले सञ्चालन गरेका योजनामा नागरिक समाजको अनुगमन


सोमबार, फाल्गुन २४ २०७७
780
Shares

गोरखा । गोरखा नगरपालिका क्षेत्रमा कार्यान्वयनको चरणमा रहेका बिभिन्न योजनाहरुको अनुगमन गरिएको छ । वडा नम्बर ९, १० लगायतका वडामा नगरपालिका र गण्डकी प्रदेश सरकारले सञ्चालन गरेका बिभिन्न आयोजनाहरुको जनप्रतिनिधी, नागरिक समाज, पत्रकार प्राविधीक लगायतको संयुक्त टोलीले अनुगमन गरेको हो ।

जसमा नगरपालिकाको ५ लाख लगानीमा निर्माणाधिन वडा नम्बर ९ को लक्ष्मी बजार महिला समुहको भवन, ३ लाख बजेटमा निर्माणाधिन शिवमार्गदेखि रिठ्ठेपानीधारा जाने सिडी बाटो, वडा नम्बर १० को १० लाख बजेटको आलेगाँउ जानेबाटो ढलान, टक्सार भञ्ज्याङदेखि बराईगाउँ जानेबाटो ढलानको टोलीले अनुगमन गरेको हो ।

त्यस्तै पुलामी गाउँदेखि नासके भवनसम्मको सिडीबाटो, रेग्मीघरदेखि मुडुले चौतारासम्मको बाटो ढलान तथा सिढिबाटो, बोहोरसिंदेखि चिप्लेटीसम्मको ३० लाख लगानीको बाटो ढलान, तथा गण्डकी प्रदेश सरकारको ४ लाख लगानीको चिप्लेटीदेखि बोहोरसिं, ढकालगाउँसम्मको बाटो स्तरोन्नती लगायतका योजनाहरु अनुगमन गरिएको उपप्रमुख विनाकुमारी श्रेष्ठले बताइन ।

अनुगमनका क्रममा केहि योजनाहरुमा प्राविधिक त्रुटीहरु समेत भेटिएका छन् । त्रुटी भेटिएका काममा तत्काल सच्याउन गोरखा नगरपालिकाले निर्देशन समेत दिएको छ ।

अनुगमनमा उपप्रमुख श्रेष्ठसहितका जनप्रतिनधी, नागरिक साझा सवालका संयोजक स्थानेश्वर दुवाडी, गैसस महासंघ गोरखाका अध्यक्ष सिताराम श्रेष्ठ, सञ्चारकर्मी, इन्जिनियर लगायत, स्थानीय उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

गोरखा नगरपालिकामा रहेको साझेदारी मञ्चको बैठकको निर्णयले नगरक्षेत्रमा सञ्चालित संघ, प्रदेश र स्थानीय तहले सञ्चालन गरेका योजना तथा कार्यक्रममा नियमित रुप संयुक्त अनुगमनको अवधारण अघि सारेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार