

गोरखा । एकिकरण नेपालले गोरखा नगरक्षेत्रका १४ परिवारलाई न्यानो कपडा सहयोग गरेको छ । गत बर्षातमा बाढीपहिरोबाट पिडित तथा असहाय, जेष्ठ नागरिक, एकल महिला लगायत गरी १४ जनालाई बिभिन्न किसिमका न्यानो कपडा सहयोग गरेको कार्यकारी निर्देशक हरि देवकोटाले बताए ।
गोरखा नगरपालिकाको समन्वय र ह्याण्डीक्यापकाे आर्थिक सहयाेगमा सञ्चालित स्वास्थ्य र सामाजिक सुरक्षामा अपांगता भएका महिला र बालबालिकाको पहुँचमा सहजीकरण परियोजना अन्तरगत कोरोना प्रतिकार्य कार्यक्रम अन्तरगत सहयोग गरिएको देवकोटाले बताए ।

जसमा प्रतिब्यक्ति एक थान ब्ल्यांकेट, २ जोर मोजा, न्यानो टोपी ३ थान, पछेउरा २ थान, म्याट १ थान, ट्राउजर २ थान रहेको बताइएको छ ।
सो सामाग्री आइतबार एक कार्यक्रमका बिच नगरप्रमुख राजनराज पन्त र उपप्रमुख विनाकुमारी श्रेष्ठले उनिहरुलाई हस्तान्तरण गरेका हुन ।
त्यस्तै सहयोग सामाग्री लिन सदरमुकाम आउन नसकेका केहि वडाका बृद्धबृद्धालाई भने घरमै गएर सामाग्री हस्तान्तरण गरिएको परियोजना अधिकृत मदनराज भट्टले बताए ।
