• मंगलबार, साउन १२ २०८३

थप ६६ जनामा कोरोना पुष्टि


आइतबार, फाल्गुन २३ २०७७
615
Shares

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६६ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ७ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, आइतबार ५८ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७० हजार ८ सय ८६ पुगेको छ ।

मुलुकभर ८ सय २५ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २१ लाख ९२ हजार ८ सय ३६ पीसीआर परीक्षण भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार