• आइतबार, साउन २४ २०८३

जबरजस्ती करणी आरोपमा फरार गोरखाका युवक कालिकोटबाट पक्राउ


आइतबार, फाल्गुन २३ २०७७
910
Shares

Modern metal handcuffs. Vector illustration in flat style

गोरखा । गोरखामा २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति कालिकोटबाट पक्राउ परेका छन् ।

गोरखा नगरपालिका–६ सातधुरेका ३० वर्षीय राम भन्ने सोमबहादुर बाचेलाई कालिकोटको खाडाँचक्र नगरपालिकाको जिते बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय गोरखाका डिएसपी प्रकाश दहालले बताए ।

बाचेले गोरखा नगरपालिका नं. ६ अस्पतालमार्गस्थित धावा बोर्लाङकोटकाली होटल एण्ड लजको कोठामा लगेर युवतीलाई जवरजस्ती करणीको प्रयास गरेको पीडितले दिएको उजुरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ । घटना गत फागुन ८ भएको हो ।

पीडित युवतीले फागुन ११ गते प्रहरी कार्यलय जबरजस्ती करणी उधोग शिर्षकमा मुद्दा दर्ता गरेकी थिइन् । तर, युवक भागेर कालीकोट पुगेको थियो ।

पक्राउका लागि जिल्ला प्रहरी कार्यालय कालीकोटलाई पत्राचार गरिएको र कालिकोट प्रहरीले बाचेलाई १६ गते पक्राउ गरेर २० गते गोरखा ल्याएको डीएसपी दाहालले बताए ।

जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएका बाचेलाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार