• आइतबार, साउन २४ २०८३

गाडीले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु


आइतबार, फाल्गुन २३ २०७७
495
Shares

पोखरा । पोखराको बुलौदीमा स्कुटरलाई गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

ग ५ प ८३६४ नम्बरको स्कुटरलाई नम्बर नखुलेको सवारी साधनले आइतबार बिहान ठक्कर दिँदा स्कुटर चालक धनकुटा शहीद भूमि गाउँपालिका–१ हुगुवा घर भई पोखराको बैदाम बस्ने ४७ वर्षीय जितबहादुर राईको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधन र चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार