• आइतबार, साउन २४ २०८३

सुनको भाउ बढ्यो, प्रतितोला कति पुग्यो ?


आइतबार, फाल्गुन २३ २०७७
570
Shares

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाली बजारमा सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

शुक्रबार प्रतितोला ८५ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ८६ हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको भाउ ८५ हजार ६५० रुपैयाँ तोकिएको छ । आज चाँदीको भाउ भने स्थिर छ ।

गत शुक्रबार १२ सय ५० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ घटबढ नभएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार