• बिहिबार, असोज १५ २०८३

कोभ्याक्स सुविधाको साढे ३ लाख डोज कोरोना खोप नेपाल आइपुग्यो


आइतबार, फाल्गुन २३ २०७७
680
Shares

काठमाडौं । कोभ्याक्स सुविधाको साढे ३ लाख डोज कोरोना खोप नेपाल आइपुगेको छ।

खोप लिएर आएको टर्किस एयरलाइन्सको विमान आइतबार बिहान ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

उक्त विमानले कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको पहिलो खेप ३ लाख ४८ हजार डोज खोप नेपाल ल्याएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले विमानस्थल पुगेर खोप ग्रहण गरेका हुन्।

उक्त खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नै हो। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा कोभ्याक्समार्फत नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउने छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार