• आइतबार, साउन २४ २०८३

भूमीहिन समस्या समाधानका लागी गोरखामा आयोगले काम थाल्यो


आइतबार, फाल्गुन २३ २०७७
745
Shares

गोरखा । भूमी सम्बन्धी समस्या समाधान आयोगले काम सुरु गरेको छ ।

भूमिहिन दलित र भूमिहीन सुकुम्वासीलाइ जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोवासीको व्यवस्थापन गर्ने उदेश्यका साथ गत बैशाख १ गते सरकारले केन्द्रीय आयोग गठन गरेको थियो ।

माघ १५ गते जिल्ला कार्यसमिति निर्माण भएसँगैै गोरखामा पनि कार्यालय स्थापना गरिएको छ ।

उक्त समितिको शुक्रवार बसेको बैठकले यही चैत्र १५ गते भित्र तथ्याङ्क संकलनका लागी अभिमुखिकरण कार्यक्रम संचालन गर्ने निर्णय गरेको अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।

जिल्लाका चार स्थानीय तह गोरखा नगरपालिका, सिरानचोक, चुमनुव्री र शहिद लखन गाउँपालिकाले आयोगको केन्द्रीय समितिसँग सम्झौता गरेर तथ्याङ्क संकलनको काम अघि बढाइसकेका छन् ।

बाँकी स्थानीय तहमा तथ्याङ्क संकलनका लागी अभिमुखिकरण कार्यक्रम गर्न लागिएको थापाले बताए ।

भूमीहिन दलित र भुमिहिन सुकुम्वासीको पहिचान गर्ने, तथ्याङ्क संकलन गर्ने र प्रमाणीकरण सम्बन्धीत स्थानीय तहले गर्ने र समितिले आवश्यक समन्वय गर्ने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार