गोरखा । जेनियस गोरखा इंलिस स्कुल सञ्चालक समितिको अध्यक्षमा पुनः सित्तलकाजी श्रेष्ठ चयन भएका छन् ।

शुक्रबार सम्पन्न स्कुलको १४ औं साधारणसभा तथा पाँचौ अधिवेशनले श्रेष्ठलाई पुनः अध्यक्षमा चयन गरेको हो ।

त्यस्तै उपाध्यक्षमा दीपक बाबु श्रेष्ठ, सचिवमा विनोद अर्याल, सहसचिवमा सोम प्रसाद श्रेष्ठ र कोषाध्यक्ष दामोदर घिमिरेलाई चयन गरेको छ ।

यसैगरी सदस्यहरुमा माधवबाबु थापा मगर, लक्ष्मण आचार्य र दिपक श्रेष्ठ सर्वसमत चयन भएका छन् ।


अधिवेशनकै क्रममा विद्यालयले संस्थाका अध्यक्ष रामबहादुर कोइराला, शिक्षक सानुमाया तामाङ, कर्मचारीहरुमा गिता राना र राममाया बसेललाई सम्मान समेत गरेको छ ।
