• मंगलबार, साउन १२ २०८३

आजदेखि दोश्रो चरणको खोप अभियान शुरु, गोरखाका ६ पालिकामा लगाईँदै


आइतबार, फाल्गुन २३ २०७७
565
Shares

गोरखा । कोरोना बिरुद्धको दोश्रो चरणको खोप अभियान आजबाट शुरु हुँदैछ ।

दोश्रो चरणको पहिलो अभियान अन्र्तगत ६५ वर्षका १५ हजार ९८१ जनालाइ कोभिशिल्ड खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ । आजबाट सुरु हुने अभियानलाई पनि दुई भागमा बाँडिएको छ ।

फागुन २३ गते देखि २५ गतेसम्म गोरखा र पालुङटार नगरपालिका सहित शहिद लखन, गण्डकी, सिरानचोक र अजिरकोट गाउँपालिकामा खोप अभियान संचालन हुने कार्यालयका खोप कोल्डचेन निरिक्षक ऋषिराम खत्रीले बताए ।

त्यस्तै फागुन २७ गते देखि २९ गतेसम्म भीमसेन थापा, बारपाक सुलिकोट, आरुघाट, धार्चे र चुमनुव्री गाउँपालिकामा अभियान संचालन गरिने छ ।

‘चुमनुब्री गाउँपालिकामा भने ५५ वर्ष माथिका सबै नागरिकलाई एकपटक खोप लगाउने तयारी गरेका छौं,’ स्वास्थ्य कार्यालयका निमित प्रमुख नरजंग ठकुरीले भने, ‘बिकट भएकाले त्यहाँ खोप ढुवानी गर्न पनि समस्या छ । स्वास्थ्यकर्मीहरुलाई आउजाउ गर्न पनि निकै कठिन्याइँ छ ।’

गोरखामा खोप अभियानका लागी ७४७ खोप केन्द्र स्थापना भएको उनले बताए । पहिले ५५ वर्ष माथिका सबै, शिक्षक, सार्वजानिक सवारी साधनका चालक सहचालकलाई खोप लगाउने भनिएपनि खोप प्रयाप्त नभएपछि पहिलो चरणमा ६५ वर्ष माथिका व्यक्तिलाई मात्र खोप लगाउन लागिएको हो ।

खोप प्राप्त भएपछि यही अभियानको दोश्रो चरणमा पूर्व निर्धारित कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य कार्यालयको दाबी छ । खोप लगाउनका लागि सर्वसाधरणले आफ्नो परिचय खुल्ने प्रमाणपत्र सहित नजिकैको स्वास्थ्य कार्यालयमा उपस्थित हुनु पर्नेछ ।

यसैवीच जिल्लामा हालसम्म सञ्चालन भएको खोप अभियान र आगामी योजनाका बारे जिल्ला स्वास्थ्य कार्यालयले पत्रकार एवं संचारकर्मीलाई जानकारी गराएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रमका हालसम्म भए गरेको प्रगती सार्वजानिक गरिएको हो । जसअन्र्तगत पहिलो चरणमा ४ हजार २४ जनाले खोप लगाएका छन् ।

यस अभियानको पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वम सेबिका, एम्बुलेन्स चालक र अग्रपंतीमा खटिने केही सुरक्षाकर्मी गरी कुल १ हजार ५५९ जनालाई खोप लगाइएको थियो ।

यसरी दोश्रो चरमा सरकारी कार्यालय, संघ सस्थाका कर्मचारीहरु, सुरक्षाकर्मी, वृद्धाश्रमका वृद्धवद्धा र कर्मचारी, कारागारका कैदीवन्दी र कर्मचारीहरु गरी कुल २ हजार ४६५ जनाले खोप लगाएका छन् ।

सम्रगमा हालसम्म ४ हजार ३४ जनाले कोरोना बिरुद्धको खोप लगाएको कार्यालयले जनाएको छ । प्रतिशतमा हेर्दा यो ९८.७ हुन आउँछ । कार्यक्रममा स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट नबराज खड्काले कोरोना भाईरसको असर यसबाट बच्ने उपायहरु र ध्यान दिनुपर्ने कुुराहरुको बिषयमा जानकारी गराएका थिए ।

दोस्रो चरणको अभियान अन्तरगत पहिलो चरणमा ६५ बर्षमाथीका बृद्धबृद्धा र यसै अभियानको दोस्रो चरणमा ५५ देखि ६५ बर्षका ब्यक्तिका साथै विद्यालयका शिक्षक, यातायात मजदुर लगायतलाई प्राथमिकतामा राखेर खोप दिइने योजनामा रहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार