गोरखा । गोरखा नगरपालिका भित्रका विद्यालयमा अध्यापन गराउने शिक्षकहरु बिच भएको भलिबल प्रतियोगिताको उपाधी रत्नराज्य माबि विरेनचोकल जितेको छ ।

गोरखा नगरपालिका भित्रका ९ सामुदायीक विद्यालयलाई पछि पार्दै विरेनचोकले उपाधी उचालेको हो ।
शनिवार भएको फाइनल खेलमा बिरेनचोकले महेन्द्र मावि कुन्दुरलाइ हराएको थियो । फाइनल खेलमा पराजित भएसँगै कुन्दुर दोस्रो भएको छ । महालक्ष्मी मावि लक्ष्मीबजार र सरस्वती मावि आहाले तेस्रो भएको आयोजकले जनाएको छ ।

नगरपालिका भित्र रहेको सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागी गठित संस्था ( एमएमआटी) को आयोजनामा भएको प्रतियोगीतामा पहिलो र दोस्रो हुनेले क्रमश ८ हजार र ६ हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र पाएको छन् ।

एमएमआरटीका संयोजक अनिल अम्गाइका अनुसार तेस्रो हुने दुवै टिमलाइ ३/३ हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र वितरण गरिएको छ । शनिवार एक कार्यक्रमका बिच बिजेता समूहलाइ पुरस्कार वितरण गरिएको छ ।

एमएमआरटीका संयोजक अम्गाइको अध्यक्षता तथा नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष ध्रुव भट्टको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा महेन्द्र मावि कुन्दुरका प्रधानाध्यापक गोपाल बाबु मरहट्टा, बिन्ध्यावासिनी मावि नारेश्वरका प्रअ उदय भट्ट लगायतले मन्तव्य राखेका थिए ।


शुक्रवारबाट शुरु भएको प्रतियोगीतामा १० टिमको सहभागीता रहेको थियो ।