• मंगलबार, साउन १२ २०८३

बुंकोटका १०४ जनाको निःशुल्क दन्त परीक्षण


आइतबार, फाल्गुन २३ २०७७
640
Shares

गोरखा । शहिद लखन गाउँपालिकाको बुंकोटमा निःशुल्क रुपमा दातको परीक्षण शिविर गरिएको छ ।

लायन्स क्लब अफ आवुखैरेनी सिटीको आयोजना, ओम बिराज डेण्टल केयर गोरखाको प्राविधिक सहयोग र वडाको समन्वयमा भएको शिविरमा १०४ जनाले सेवा लिएका छन् ।

शनिवार भएको शिविरमा ८३ जना महिला र २१ जना पुरुष गरी कुल १ सय ४ जनाले दाँत परीक्षण गराएका थिए ।

लायन्स क्लबका अध्यक्ष शिव खनालको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष रमेश थापा मगरको प्रमुख अतिथ्यतामा भएको शिविर उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी, वडा नम्वर ७ का अध्यक्ष शरण श्रेष्ठ, वडा नम्वर ८ का अध्यक्ष काशिनाथ अम्गाई लगायतको उपस्थिती रहेको थियो ।

शिविरमा डा. ओसिन थापा, बिराट डेण्टल केयर गोरखाका सञ्जय अधिकारी लगायतको चिकित्सक टोलिले दन्त परिक्षण गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार