
गोरखा । गोरखाको बारपाकमा गएराती पार्किङमा राखिएको दुई वटा बसमा तोडफोड भएको छ ।

गएराती करिब १२ बजेको आसपासमा बारपाकमा रोकिराखेको बा ४ ख ७१७३ र ग १ ख ५९२० नम्बरको यात्रुवहाक बसमाथी अज्ञात समुहले तोडफोड गरेका हुन ।

तोडफोड कसले र किन ग¥यो भन्ने हालसम्म नखुलेको प्रहरीले जनाएको छ । तोडफोड गर्ने ब्यक्ति वा समुहको खोजी कार्य जारी रहेको बताइएको छ ।

तोडफोडबाट बसको अगाडी र पछाडीको सिसामा पूर्ण क्षती पुगेको दरौती यातायात सेवा प्रालिका सञ्चालक अञ्जनबाबु खत्रीले सिभिलखबरलाई बताए ।


