

मेलिना बराम, गोरखा । ६५ बर्षभन्दा माथीका नागरिकलाई कोभिड १९ बिरुद्धको खोप लगाउनका लागि गोरखा नगरपालिकाले केन्द्र तोकेको छ ।
१४ वटा वडा रहेको गोरखा नगरपालिकाले भोली २३ देखि २५ गतेसम्मका लागि कोभिड १९ बिरुद्धको खोप लगाउन १५ केन्द्र तोकेको प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्तले जानकारी दिए ।
दोस्रो चरणको अभियान अन्तरगत ६५ बर्षमाथीका बृद्धबृद्धाहरुका लागि फागुन २३ देखि २५ गतेसम्म खोप लगाउने कार्यक्रम रहेको पन्तले सिभिलखबरलाई बताए ।

हरेक दिन बिहान १० देखि बेलुका ५ बजेसम्म खोप कार्यक्रम सञ्चालन गरिने भएकाले आफ्नो वडाको केन्द्रमा गएर खोप लगाउन समेत नगरपालिकाले अनुरोध गरेको छ ।
जसमा वडा नम्बर १ को ताप्ले स्वास्थ्य चौकी, २ को कोखे आहाले शहरी स्वास्थ्य केन्द्र, ३ को नारेश्वर स्वास्थ्य चौकी, ४ को फिनाम स्वास्थ्य चौकी र ५ को पस्लाङ शहरी स्वास्थ्य केन्द्रलाई खोप केन्द्रका रुपमा तोकिएको छ ।


त्यस्तै वडा नम्बर ६ मा संस्थागत क्लिनिकका रुपमा रहेको गोरखा अस्पताल, ७ मा आधारभुत स्वास्थ्य केन्द्र डण्डीडाँडाँ, ८ मा रानीश्वाँरा स्वास्थ्य चौकी, ९ मा लक्ष्मीबजार शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर १० मा छेवेटार शहरी स्वास्थ्य केन्द्र तोकिएको प्रमुख प्रशासकीय अधिकृत पन्तले बताए ।
यसैगरी वडा नम्बर ११ को आधारभुत स्वास्थ्य केन्द्र मैन धारा, १२ को तारानगर स्वास्थ्य चौकी, १३ को आधारभुत स्वास्थ्य केन्द्र तिन किलो, १३ कै सिम्ले सामुदायिक स्वास्थ्य केन्द्र र १४ को देउराली स्वास्थ्य केन्द्रलाई कोभिड १९ बिरुद्धको खोप सञ्चालन गर्न केन्द्रका रुपमा तोकिएको नगरपालिकाले जनाएको छ ।
दोस्रो चरणको अभियान अन्तरगत पहिलो चरणमा ६५ बर्षमाथीका बृद्धबृद्धा र यसै अभियानको दोस्रो चरणमा ५५ देखि ६५ बर्षका ब्यक्तिका साथै विद्यालयका शिक्षक, यातायात मजदुर लगायतलाई प्राथमिकतामा राखेर खोप दिइने योजनामा रहेको बताइएको छ ।

