गोरखा । जिल्लामा दोस्रो चरणको कोरोनाबिरुद्धको खोप अभियान यही फागुन २३ गतेबाट संचालन हुदै छ ।

खोप लगाउने प्रथामिकतामा परेका ५५ बर्ष माथिका उमेर समूहका नागरिक, शिक्षक र सार्वजनिक यातायातका मजदुरहरुलाई लक्षित गरी आइतबारबाट दोस्रो चरणको खोप अभियान संचालन हुने भएको छ ।

अभियानका लागी सम्पूर्ण तयारी पुरा भएको स्वास्थ्य कार्यालयले गोरखाले जनाएको छ । जेष्ठ नागरिकलाइ पहिलो प्राथमिकतामा राखिएको कार्यालयका खोप कोल्डचेन निरिक्षक ऋषिराम खत्रीले बताए ।

दोस्रो चरणमा करिव ४५ हजारलाइ खोप लगाउने लक्ष्य रहेको उनले बताए ।
५५ बर्ष माथिका ४० हजार छ सय पाँच, तीन हजार छ सय ५७ जना समुदायिक तथा निजी बिद्यालय शिक्षक र आठ सय ६८ जना यातायात मजदुरलाइ खोप लगाउने लक्ष्य रहेको छ ।

स्थानीय तहको प्रत्येक वडामा रहेको स्वास्थ्य चौकीमा गएर खोप लगाउन सकिने कार्यालयले जनाएको छ । आवश्यक खोप आइसकेको र वाडफाडको तयारी भइरहेको उनले बताए । तीन दिन सम्म अभियान संचालन हुने बताइएको छ ।


कार्यालयका अनुसार खोप अभियानका लागी करिव चार सय जना स्वास्थ्यकर्मी खटिनेछन् ।