• आइतबार, साउन २४ २०८३

आज पनि ९०० सय रुपैयाँले घट्यो सुनको मूल्य


शुक्रबार, फाल्गुन २१ २०७७
600
Shares

काठमाडौं । पहेंलो धातुको मूल्य ओरालो लाग्ने क्रम जारी छ ।

लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा रु ९०० ले घटेको छ ।

स्थानीय बजारमा आज छापावाला सुन रु ९०० ले घटेर तोलामा रु ८५ हजार ६०० मूल्य निर्धारण भएको छ ।

छापावाला सुन बिहीबार तोलामा रु ८६ हजार ५०० मा कारोवार भएको थियो ।

यसैगरी तेजाबी सुन तोलाको रु ८५ हजार १५० मूल्य निर्धारण भएको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८६ हजार ५० मा कारोवार भएको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ ।

तोलामा रु एक हजार २८५ मा बिहीबार कारोवार भएको चाँदी आज भने रु एक हजार २५० मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार