काठमाडौं । गायक प्रताप दास र गायिका वेनिशा पौडेलको स्वरमा समावेश ‘यस्तो माया’ बोलको गीत सार्वजनिक भएको छ ।
यो गीतमा निशा शर्मा अर्यालको शब्द, दिपक शर्माको संगीत छ । सार्वजनिक गीतले प्रेमी–प्रेमिकाविचको अथाहा प्रेम र समर्पणलाई बोलेको छ ।
गीतको भिडियोमा नायक पल शाह र मोडल उषा उप्रेतीको जोडीलाई देख्न सकिन्छ । भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् ।
भिडियोमा विधानले यूवा–यूवतीविचको प्रेम, बिहे, सन्तानको चाहना र विदेशीनुको कथालाई उठान गरेका छन् ।
उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । भिडियोलाई विधानले कलरफूल बनाएका छन् ।