

गोरखा । हिजो बिहीबार पर्न गएको जन्म दिनको अवसरमा गोरखा नगरपालिका वडा नं. ३ नारेश्वर, दुम्श्री बस्ने इन्द्र बहादुर भट्टले मानवसेवा आश्रममा खाद्यान सामाग्री सहयोग गरेका छन् ।

भट्टले आफ्नो ५७ औँ जन्मोत्सवको अवसरमा आश्रममा खाद्यान सहयोग गरेका हुन् ।

साहाराबिहिन बालवालिकाको संरक्षण गर्दै आएको मानव सेवा आश्रमलाई सहयोगमा उनले चामल, दाल, तेल, विस्कुट, चाउचाउ लगायतका विभिन्न सामाग्री प्रदान गरेका छन् ।
