• आइतबार, साउन २४ २०८३

क्यासिनोबाट १० जना पक्राउ, २३ लाख रुपैयाँ बरामद


शुक्रबार, फाल्गुन २१ २०७७
695
Shares

काठमाडौं । अवैध रुपमा क्यासिनो खेलाउने र खेल्ने १० जनालाई आज प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले रु २२ लाख ९६ हजार रकमसमेत बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

काठमाडौँ महानगरपालिका– १३ ताहचलस्थित प्लाटिनम होटलमा अवैध रुपमा क्यासिनो सञ्चालन भएको भन्ने गोप्य सूचनाका आधारमा कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत–मोतिहारीका रञ्जितकुमार जैसवाल, सोहनप्रसाद, मुमताज मियाँ, शेख मुर्तुजा अलि, जनकपुरका राजकुमार सिंह र बाराका टिन्कुप्रसाद छन् ।

जुवा खेलाउने काठमाडौँ महानगरपालिका–२२ बस्ने सो होटलका व्यवस्थापक महेश मल्ल, सर्लाहीका कमलदेव चौधरी, अजय यादव, क्यासियर सचिन वाग्ले पनि पक्राउ परेका छन् ।

उनीहरुको साथबाट प्रहरीले रु नौ लाखको चेक, नगद रु आठ लाख, ३९० वटा क्यासिनो क्वाइन, पैसा गन्ने यन्त्रलगायत सामग्री बरामद गरेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार