• आइतबार, साउन २४ २०८३

गोरखामा २३ जनाको आँखाको शल्यक्रिया


शुक्रबार, फाल्गुन २१ २०७७
1.2K
Shares

गोरखा । गोरखामा २३ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।

मोतियाविन्दुको शल्यक्रिया गर्नु पर्ने पहिचान भएका २३ जनाको बिहिवार आँखाको शल्यक्रिया गरिएको लायन्स क्लव अफ गोरखाका अध्यक्ष श्यामबाबु श्रेष्ठले बताए ।

लायन्स क्लव अफ गोरखाको आयोजना र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा लायन्स आँखा अस्पताललमा शल्यक्रिया शिविर भएको हो ।

आई केयर फाउण्डेसनको सहयोगमा अहिले नियमित शिविर चल्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार