काठमाडौं । नेपालमा थप १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ५ हजार ५ सय ३६ नमूना परीक्षण गर्दा १०७ जनामा कोरोना पुष्टि भएको हो।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ४ सय ८८ पुगेको छ।
पछिल्लो २४ घन्टामा ७८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ६ सय ८३ पुगेको छ।
निको हुने दर ९८. ६ प्रतिशत पुगेको छ।
अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको छ।