• आइतबार, साउन २४ २०८३

किसानलाई रासायनिक मलको अभाव हुँदैन : कृषि मन्त्रालय


बिहिबार, फाल्गुन २० २०७७
795
Shares

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई रासायनिक मलको अभाव नहुने बताएको छ ।

बिहीबार पत्रकार सम्मेलन गरेर मन्त्रालयले अहिलेदेखि आगामी असार, साउन र भदौसम्मका लागि किसानले मल पाउने अवस्था बनेको दाबी गरेको हो ।

यो वर्ष एक लाख ८७ हजार मेट्रिकटन वितरण भइसकेको, एक लाख ६२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले बताइन ।

आगामी धानको सिजनका लागि दुई लाख मेट्रिकटन रासायनिक मल मौज्दात रहने उनको दाबी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार